प्राइम खबर संबाददाता | साउन २४, २०८० बुधबार

                         "देश प्रेम"
प्रतिभाको कदरको साथ श्रम-सीप यहाँ चल्नुपर्छ 
नेताको घरमा हैन निमुखाको घरमा दियो बल्नु पर्छ ।

 गगन चुम्ने महल अनि तिम्रो शुख-सुबिधा होइन 
 अमर र गुणस्तर हुन सच्चा कम्युनिस्ट बन्नुपर्छ ।



ऋणको दलदलमा जरजर भएको मेरो यो देशमा
भ्रष्टाचारीको लागी फासी हुने कानुन यहा हुनुपर्छ ।

प्रतिस्पर्धात्मक युगमा रुढीबादी र थिचोमिचो फाली
न्यायका लागि अन्यायका विरुद्ध कठिनाई झेल्नुपर्छ ।

बाँझोमा मुल फुट्न जनता र नेता श्रमजिबि हुनुपर्छ।
देश उन्नत हुन सबैमा रिदय देखि रास्ट्र प्रेम हुनु पर्छ।
                                                                                     मुठ्ठीभर माटो उठाउ ती हातले अनि कदर थाहा हुन्छ।।
हुनेलाई मुठीको के कुरा कण-कणमा देशको माया हुन्छ।।

        (शक्ति थापाको फेसबुक वालबाट)