प्राइम खबर संबाददाता | फागुन २९, २०७८ आइतबार

चुनाव आउदा गाउँको मुहार फेर्छु भन्छन

जिताउनु मलाई सधै जनता हेर्छु भन्छन ।



उल्लु बनाउनु को पनि सिमा हुन्छ नेता ज्यु

सडक पनि नपुग्ने ठाउँ रेल ल्याउछु भन्छन ।

पाँच वर्षमा जस्ले राजधानी महल लगाए

भाषण गरि भष्टाचार बन्द गर्छु भन्छन ।

जसले समाज सेवा गर्छु भनी भोट मागेका थिए

उसैले सत्ता नपाए सरकार छोड्छु भन्छन ।

पाँच वर्ष हुदा गाउँको लागि सिन्को भाचेनन्

उसैले यो ठाउँ सिङ्गापुर बनाउछु भन्छन ।

दिपक बहादुर विश्वकर्मा , कैलाली नेपाल