प्राइम खबर संबाददाता | साउन ३०, २०८० मंगलबार


रौतहट, पोखरामा राष्ट्रनिर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहको शालिक तोड़फोड़ र चोरी गर्नेलाई कड़ाभन्दा कडा कार्वाहीको माग आज गरिएको छ ।


नेपालका लागि नेपाली पार्टी पर्साको आयोजनामा बिरोध सभा कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष संतोष पटेलले २२ राज्यलाई एकीकरण गरि एक सुन्दर नेपालको निर्माण गर्ने युग पुरूष जसको फोटो घरमा राखेर नेपाली जनताले पुजा गर्ने गर्छन् उहाँको शालिक तोडफोड र मुर्ति चोरी गर्ने जस्ता घृणित कार्य गर्ने व्यक्तिहरू कदापि नेपाली आमाको सन्तान हुन सक्दैन जसले राष्ट्र पिताको सम्मान गर्न सक्दैन त्यो राष्ट्रघाति रहेको उनले बताए ।



देशलाई जसले एक ढिक्कामा ल्याउन ठूलो संघर्ष गरे, स-साना राज्यलाई एक ठाउँमा गर्न कतिपय लडाइँ लडेर आज एउटा सुन्दर देशको निर्माण गरेको छ । त्यहीँ महापुरूषको नामले देश भित्र विभिन्न स्थानमा चौक, राजमार्ग, सडक, पार्टीपौवा, विधालय, भवन निर्माण भएको बिषयलाई केही राष्ट्र बिरोधी तत्वहरूले विदेशीहरूको केही प‌ैसाको प्रलोभनमा परि देशको अस्तित्वलाई मेटाउन खोजिएको अध्यक्ष पटेलले जिकिर गरे ।
आफ्नो घर बनाउन कति मेहनत लाग्छ सबैलाई राम्ररी थाहा नै होला कति समस्याको सामना गर्नुपर्छ भनेर तर जुन महापुरूषले पुरै देशनै निर्माण गरे उसको लागि सम्मान गर्नुपर्ने ठाउँमा अपना गर्नु कदापि हामी सच्चा राष्ट्र पुत्र नेपालीलाई मान्य हुनेछैन उनले बताए ।
आज बेलुकी नेपालका लागी नेपाली पार्टी पर्सा जिल्ला समितिको आयोजनामा बिरगंज घन्टाघरमा विरोध प्रदर्शन गरेको छ।