प्राइम खबर संबाददाता | भदौ ३, २०८० आइतबार

 ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले जितेका छन् । ‘मेरो डान्स युनिभर्स’को उपाधि खुसी कार्की (थाइल्यान्ड)ले हासिल गरेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्की विजेता बनेका हुन् । दुवै प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ पुरस्कार पाए । यो नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिता हो ।



मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप शिशिर ठटाल (भारत) र मेरो डान्स युनिभर्सको फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) घोषित भए ।

मेरो भ्वाइस युनिभर्सको सेकेन्ड रनरअफ शरद हुमगाईं (नेपाल), थर्ड रनरअप परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) बने ।

यस्तै, मेरो डान्स युनिभर्सको सेकेन्ड रनरअप मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअप स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअप नेसन सुस्लिङ मगर (नेपाल) रहे ।

फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

समूह नृत्यतर्फ नेपाल प्रहरी (नेपाल) विजेता बन्यो । सो समूहले २० लाख रुपैयाँ पुरस्कार पायो ।

उपाधि विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।