न्यूज डेस्क | बैशाख २१, २०८३ सोमबार

रौतहटको सहकारी, लघुवित्त र मिटरब्याजबाट पीडित भएका नागरिकहरूलाई कानुनी न्याय दिलाउने उद्देश्यका साथ रौतहटको बिर्तामा नयाँ कार्यालयको उद्घाटन गरिएको छ।


२०८२ साल साउन ११ गते नेपाल सरकारमा विधिवत रूपमा दर्ता बितियत साक्षरता जागरण समाज नेपाल नामक संस्थाले बिर्तामा शाखा कार्यालय खोली सोमबारबाट आफ्नो गतिविधि सुरु गरेको हो।



बिर्तामा आयोजित एक विशेष कार्यक्रमका बीच संस्थाको केन्द्रिय अध्यक्ष रमेश तामाङ्गले शाखा कार्यालयको उद्घाटन गर्दै सरोकारवालाहरूले लघुवित्त , सहकारी र मिटरब्याजका कारण गाउँ–गाउँमा नागरिकहरू प्रताडित हुनुपरेको र धेरैलाई आत्महत्याको अवस्थासम्म पुर्‍याइएको भन्दै चिन्ता व्यक्त गर्दै



​ संस्थाले रौतहट सहित देश भरिका आम जनतालाई ठगी गर्ने र आर्थिक शोषण गर्ने पीडकहरूलाई पहिचान गरी उनीहरूलाई कानुनी कठघरामा ल्याउन नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका बिशिस्ट अतिथी भेसराज तिरुवाले समाजको बुद्धिजीवी, नागरिक समाज, शिक्षक र सञ्चारकर्मीहरूले समाजमा व्याप्त यस्ता विसंगतिहरू विरुद्ध सबै एकजुट हुनुपर्ने धारणा ब्यक्त गरेका छन् ।

उहाँले ​राम्रोलाई सम्मान, नराम्रोलाई कारबाही संस्थाले केवल विरोध मात्र नभई सकारात्मक कार्य गर्ने वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्ने नीति पनि अघि सारेको बताए । समाजमा इमानदारीपूर्वक काम गरिरहेका सहकारी र वित्तीय संस्थाहरूलाई सम्मान गरिने र गलत गर्नेहरूलाई भने कानुनी सजायको दायरामा ल्याउन निरन्तर दबाब दिने संस्थाको उद्देश्य रहेको उहाँले स्पस्ट पारेका छन् ।

​पछिल्लो समय नेपालमा सहकारी ठगी र लघुवित्तको ऋणका कारण सर्वसाधारणको उठीबास भइरहेका बेला रौतहटमा स्थापना भएको यो कार्यालयले स्थानीय मात्र नभई देशभरका पीडितका लागि न्यायको ढोका खोल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमबाट रौतहटको लागि संस्थाको अध्यक्षमा इद महमद अंसारी ( ९८०६३३०२६०,झरना आचार्य उपाध्यक्ष (९८४५६१५३१२),महमद सोयैव देवान कोषाध्यक्ष (९८१७२१६४१५),मुक्ति नारायण चौधरी सचिव (९८४५०६३३२१),मोति राय यादव सह-सचिव (९८०२९५७८७५), ललिता देवी चौधरी सदस्य (९८४५३३७२१६) र आसमा खातुन(९८१०९२५९८२)लाई सदस्यमा मनोमय गरिएको छ ।

कार्यक्रम संस्थाको केन्द्रिय ,प्रदेशको प्रतिनिधि लगायत स्थानीयको सहभागी रहेको थियो।