न्यूज डेस्क | बैशाख १९, २०८३ शनिबार

पर्यटन विकास कार्यालय रौतहटका पुर्व निमित्त कार्यालय प्रमुख राजेश काफ्लेले पुरानै मितिमा योजनाहरु धमाधम बिक्रि गरिरहेको खुलासा भएको छ । कहिले रौतहटको योजना त कहिले सर्लाहिको योजना बिक्री गरि रहेका काफ्लेको काज फिर्ता भए पनि शनिबारका दिन सर्लाहीको मलङवा स्थित स्वास्थ्य कार्यलयको उत्तरपट्टि जाने बाटोमा रहेको शिबजी साहको घरबाट सर्लाहिमा सन्चालन हुने योजनाको पत्र बेच्दै हिडेको कुरा बाहिर आएको छ । काफ्लेको काज फिर्ता बन तथा बाताबरण मन्त्रालय मधेश प्रदेशमा भए पनि उनले पुरानै मितिमा कार्यादेश दिदै हिडेका गरेको आरोप छ । हालै पर्यटन कार्यालय गौरमा हाजिर भएका कार्यालय प्रमुख बबिता जैसवाललाई हालसम्म काफ्लेले बरबुझारथ समेत नगरी मनपरी ढंगले गैरकानुनी रुपमा मधेश प्रदेशलाइ बदनाम गराउन पुरानै मितिमा योजना बिक्री बितरण गर्दै हिडेका हुन् । यस्ता मधेश बिरोधी कर्मचारीलाई प्रदेशबाटै हटाउन स्थानीयले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसंग आग्रह समेत गरेका छन । आर्थिक प्रलोभनमा काफ्लेले योजनेको पत्र बाड्दै हिडेकोले त्यस्तो पत्र मान्य नहुने पर्यटन विकास कार्यालय रौतहटले जनाएको छ । घटना सम्बन्धमा सर्लाहिका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाइ जानकारी गराउदा समेत उनले कुनै कदम नचाल्नुले समेत यसमा उनको मिलोमतो रहेको बुझिएको छ।