प्राइम खबर संबाददाता | माघ २, २०७७ शुक्रबार

काठमाडौं ।  सरकारले आउदो बैशाख १७ र २७ गते निर्वाचनमा जाने तयारी गरेसँगै निर्वाचनको सुरक्षाका लागि झण्डै १ लाख जनालाई म्यादी प्रहरीमा जागिरको अवसर मिल्ने भएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार  लगभग ९८ हजार म्यादी प्रहरीको भर्ना खुल्ने तयारी गरिएको हो ।  
प्रवक्ता कुँवरका अनुसार अघिल्लो चुनावमा ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा अहिले पनि त्यसकै हाराहारीमा प्रहरीको माग गरिने र  एक महिनापछि यकिन संख्या आउने भएको छ । 
निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस २३ गतेबाट माघको १७ गतेसम्म निर्वाचन मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा संवेदनशीलताको पुनरावलोकन भइरहेको छ ।
त्यो सकिएपछि माघको चौथो हप्ता मात्रै म्यादी प्रहरीको यकिन संख्या खुल्ने छ।