प्राइम खबर संबाददाता | भदौ २९, २०८० शुक्रबार

लुम्बिनी विकास बैँक लिमिटेड चन्द्रनिगाह्पुर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लामा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसलाइ सहयोग हस्तान्तरण गरेको छ ।

चन्द्रपुर नगरपालिका अवस्थित श्री जन ज्योति बहुमुखी क्याम्पसमा  अध्ययनरत छात्रा हरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन हस्तान्तरण गरेको छ 



सो सामाग्रीहरू बैंकको तर्फबाट  शाखा प्रवन्धक सुबोध कोइराला ले क्याम्पस ब्यवस्थापन समिति को अध्यक्ष  सन्जय कुमार कार्की लाई हस्तान्तरण हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष एकराज थापा, क्याम्पस प्रमुख राजन कुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख , क्याम्पस स्वबियु सभापति सङम श्रेष्ठ ,बैंकको सहायक शाखा प्रमुख मनिश कुमार चौधरी क्याम्पसका प्राध्यापकहरु तथा छात्र छात्रा लगायत को सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा  क्याम्पस ब्यवस्थापन समिति को अध्यक्ष  सन्जय कुमार कार्की तथा क्याम्पस प्रामुख राजन कुमार श्रेष्ठले छात्रा हरुको स्वास्थ्य लाई ख्याल मा राखी सेनीटरी प्याड भेन्डिङ मेसिन जडान गरेर सर्हानिय कार्य गरेको साथै महिनावारी को समयमा छात्रा हरुको अनुपस्थित हुने समस्या केही हद सम्म कम हुने कुरामा जोड दिदै  लागी लुम्बिनी विकास बैङ्कलाई धन्यवाद ज्ञापन गरेका थिए।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।