प्राइम खबर संबाददाता | चैत ७, २०७७ शनिबार
रौतहटको चन्द्रनिगाहपुरमा सालको ५ थान काचो गोलिया काठसहित साइकल प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले शनिबार राती १ बजे चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ राजपेडाको गोरेटो सडक हुदै साइकलमा लोड गरि ल्याउदै गरेको काचो सालका गोलिया ५ थानसहित ५ ओटा साइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले जानकारी दिएका छन् ।
प्रहरी गस्ति टोलीलाई देखेपछि तस्करहरु साइकल छाडी फरार भएकाले तस्करी गर्नेहरु भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । राती नै जिल्ला डिभिजन वन कार्यालय रौतहटलाई बरामद गरिएको ५ ओटा साइकलसहित काचो सालको गोलिया बुझाइएको डिएसपि लामिछानेले बताए । बरामद काठ साढे ३१ क्युबफीट रहेको र आवश्यक कारवाहीका लागी अनुसन्धान अगाडी बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिहले जानकारी दिएका छन् ।