प्राइम खबर संबाददाता | चैत ११, २०७७ बुधबार
चन्द्रपुर वडा नम्बर ५ का वडाअध्यक्ष काफ्लेले विपन्न परिवारलाई सहयोग गरेका छन् । बुधबार चन्द्रपुर नगरपालिका वडा नंबर ५ स्थित वडा अध्यक्ष सञ्जय कुमार काफ्लेले सोही वडाको सुन्दर्वस्तीमा रहेका एक विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।
मजदूरी एबम् ज्यालादारी गर्दै जीविकोपार्जन गर्दै आएका सुन्दर्वस्ती बस्ने दिलमान विक को गत बिहीबार मृत्यु भएपछि उक्त परिवारमा चरम संकट पैदा भएपछि वडा अध्यक्ष काफ्लेको ध्यान दिन दुखी माथि परेको हो । दम का बिरामी रहेका विकको कलेजोमा समेत समस्या रहेको उनको मृत्यु भएको थियो । विकको मृत्युले घरको अभिभावक एबम् रोजगारीको स्रोत उनी मात्र रहेको अवस्थामा उनको मृत्यु पश्चात विक परिवारमा अभाव एबम् दुःख सिर्जना भएको वडाध्यक्ष काफ्लेले बताए ।
गत वर्षमात्र विक का दुई भाइ छोरा मध्य रबिनले घरायसी झगडाका कारण आत्महत्या गरेका थिए । छोरा घुमाएका विक पनि रोग सँगै छोराको शोकका कारण छिटै मृत्युवरण गर्न पुगेको उनको परिवार बताउछन ।
पीडित परिवारको पीडामा थोरै भएपनि हाललाई राहत दिने उद्देश्यले क्रिया बसेका विक परिवारलाई चामल,दाल,तेल,नुन लगायतको खाद्य सामग्री सहयोग गरिएको वडा अध्यक्ष काफ्लेले बताए । दिन दुखीको सेवामा र विपत्तिको समयमा पनि सहयोग र राहतमा सक्रिय रूपले लागि परेका वडा अध्यक्ष सञ्जय काफ्लेको चौतर्फी प्रशंसा हुन थालेको छ । सामाजिक विकास सँग सँगै पूर्वाधार निर्माणमा समेत अन्य वडाको तुलनामा वडा नम्बर ५ को विकाशले द्रुत गतिमा अघि बढिरहेको चन्द्रपुर बासी स्थानीयहरू बताउछन ।