प्राइम खबर संबाददाता | चैत ११, २०७७ बुधबार

रौतहट स्थित जनज्योती बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरको क्याम्पस प्रमुखमा राजन श्रेष्ठ नियुक्त भएका छन् । यसअघि  निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी बहन गर्दै  आएका  श्रेष्ठ बुधबारबाट क्यम्पस प्रमुखमा नियुक्त भएका हुन् ।
   बुधबार एक कार्यक्रमका बिच नव नियुक्त क्याम्पस प्रमुखलाई चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा संयोजक दिपेन्द्र मण्डल , क्याम्पस सञ्चालक समितिका अध्यक्ष एकराज थापा लगायत अन्य पदाधिकारीहरु र शिक्षकशिक्षिकाहरुको सहभागीतामा नियुक्ति पत्र  हस्तान्तरण गरिएको क्याम्पस व्यवस्थापन समितिका सदस्य बाबुराम दाहालले बताए ।