प्राइम खबर संबाददाता | कात्तिक २४, २०८० शुक्रबार

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद पुर्नबहाली भएको छ । सर्बोच्च अदालतले शुक्रबार मुद्दाको अन्तिम टुगो नलागुन्जेलको लागी मेयर पदमा पुर्न बहाली गरेको हो ।


निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको थियो । त्यसपछि मेयर साहले सबोच्चमा मुद्दा दायर गरेकी थिइन । साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको थियो।



राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको थियो । निर्वाचन आयोगले गत असोज ३० गते सो नगरपालिकामा नगर प्रमुखको पद रिक्त भएको जनाएको थियो ।