प्राइम खबर संबाददाता | पुस १३, २०८० शुक्रबार

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार मङ्सिर मसान्त सम्ममा कुल सङ्कलन भएको भेटी रकम आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपियाँ रहेको बताए ।



उनका अनुसार पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपियाँ भेटी सङ्कलन भएको हो।

कुल सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा खर्च १० लाख ७० हजार ७८७ रुपियाँ ९खर्चका शिर्षक स् सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन  खर्च कटाएर बाँकी रहेको बैङ्कमा मौज्दात ८ करोड ३५ लाख २३ हजार ५४८ रुपिया रहेको छ ।
समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार भेटी रकमबाहेक पाथीभरामा भक्तजनले चढाएको बिबरणमा सुन १८६ तोला ६ लाल,चाँदी ९२ के. जि. ६५० ग्राम, तामा ६५३९ के। जि ७७५ ग्राम, विभिन्न धातुको घण्टी १६ हजार ३६८ के जि रहेका छन् ।