प्राइम खबर संबाददाता | पुस १५, २०८० आइतबार

कलैया सिटी जेसिजको १४ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सर्वसहमतिले अध्यक्षमा जेसि पवन कुशवाहा चयन भएका छन् ।

कलैयास्थित रहेको दास गेष्ट हाउसको सभाहलमा शनिबार कलैया सिटी जेसिजको १४ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भएको हो ।



कलैया सिटी जेसिज २०२३ का अध्यक्ष जेसि सुभाष जयसवालको सभापतित्वमा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा २०२३ का महासचिव आदिल अन्सारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदिप कुशवाहाले पेश गरे ।

अधिवेशनको अवसरमा सन्दिप यादव,शेषनाथ पासवान,आकाश गुप्ता,अरविन्द साह,विजय यादव,रामस्वरुप प्रसाद साह र मुकेश स्वर्णकार गरी सात जनालाई नयाँ सदस्यता दिइएको छ ।

प्रत्येक वर्ष हुँदै आएको जेसिजको यो अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा सिए प्रदिप कुशवाहा र गणेश ठाकुरलाई सर्वसहमतिबाट चयन गरेको छ ।

यसैगरी उपाध्यक्षमा सुरज कुमार गिरि,मनिष चौरसिया,आकाश गुप्ता र शेषनाथ पासवानलाई अधिवेशनले चयन गरेको छ ।

कलैया सिटी जेसिज बारा २०२३ का अध्यक्ष सुभाष जयसवालले उक्त अवसरमा नया सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।