प्राइम खबर संबाददाता | पुस १७, २०८० मंगलबार

“कृषि, व्यापार, उद्योग र पर्यटनको कसी; साँस्कृतिक तथा फुड फेस्टिभल २०८०” भन्ने मूल नाराका साथ 
सिन्धुलीमाढीमा “सिन्धुली पर्यटन कृषि, खेलकुद, सांस्कृतिक तथा फुड फेस्टिभल २०८०” को आयोजना हुने भएको छ।
“सिन्धुली पर्यटन कृषि, खेलकुद, सांस्कृतिक तथा फुड फेस्टिभल २०८०”पुष २७ गतेदेखि माघ ७ गते सम्महुने छ। फेस्टिभल खुल्ला मञ्चमा संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी  दिएको हो।

आयोजकका   अनुसार फेस्टिभल १० दिनसम्म  संचालन हुनेछ। उक्त  फेस्टिभलमा  दैनिक उपभोग्य सामाग्रीहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाडाकुडाका सामाग्रीहरु, खाद्यान्न सामाग्री तथा विभिन्न प्रकारका लत्ता कपडा, जुत्ता चप्पलहरुको विक्री वितरणका स्टलहरु रहने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका प्रवन्धक अस्बिन थापा मगरले बताए ।



फेस्टिभलमा रोटेपिङ्ग, मारुती सर्कस, कोलम्वस, जादु, बालवालिकाको खेल सामाग्रीका साथै दर्जनौ राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती समेत रहने  आयोजकले जानकारी दिएको हो।

फेस्टिभलमा जिल्लाभरका उत्पादित कृषिजन्य उत्पादनको विक्रि वितरण तथा प्रदर्शनका लागि स्टल निशुल्क गराईने छ भने हस्तकला तथा घरेलु उद्योगको उत्पादनलाई  ५० प्रतिशत छुट दिइने छ । सिन्धुली उद्योग वाणिज्य संघमा आवद्ध व्यापारीहरुलाई भने प्रति स्टल ३३ प्रतिशत छुटको व्यवस्था गररेको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका प्रवन्धक थापाले जानकारी दिएका छन् ।