प्राइम खबर संबाददाता | बैशाख १, २०७८ बुधबार
रौतहटको गुजारा स्थित धन्सार क्षेत्रबाट बुधबार टायर गाडासहित सालका गोलिया वन गस्ति टोलीले पक्राउ गरेको छ ।
जिल्लाको गुजारा नगरपालिका अन्तर्गत पर्ने पुर्वपश्चिम राजमार्गस्थित धन्सार सब डिभिजन वन कार्यालय क्षेत्रबाट राती साढे १ बजे काठ तस्करहरुले साल जातको रुख काटी टुना टुक्रा पारि लैजान गोप्य सूचनाको आधारमा काचो सालको गोलया ३ थान अन्दाजी १६ क्युबफीट काठ टायर गाडामा लोड गरि बाराको सिङ्गौलतर्फ लादै गर्दा वन गस्ति टोलीले राती नै तस्करसहित टायर गाडा समेत नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
तस्करहरु भाग्ने क्रममा फायरीङ गरेपछि वन गस्ति टोलीले पनि एक राउण्ड हवाइ फायर गर्नु परेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख अमरदेव यादवले बताउनु भयो । डिभिजन बन कार्यालय रौतहटबाट नियमित गस्तिको क्रममा अधिकृत रामदेब चौधरीको कमान्डमा खटि गएको गस्ती टोलिमाथी नै फायर गरेर तस्करहरु भाग्न सफल भएको वनगस्ति टोलीले जनाएको छ ।
नियन्त्रणमा लिइएको टायर,गोरुलाई थप कारवाहीका लागी डिभिजन बन कार्यालय रौतहटमा राखी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।