प्राइम खबर संबाददाता | माघ ७, २०८० आइतबार

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन् । शनिबार आयोजित संस्थाको पाँचौँ अधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । यसअघि अध्यक्षमा हरि बल्लभ नेपाल रहेका थिए । अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन गरेको हो । त्यस्तै, सदस्यहरूमा गोपिकृष्ण चापागाई सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ, करिस्मा केसी, विनीता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल चयन भएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ मा गोविन्द गिरीको अध्यक्षतामा गठन भएको थियो । कार्यक्रममा कलाकार श्रीप्रसाद थापा, चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर गिरी, संगीत पत्रकारसंघका अध्यक्ष सुमन बैरागी लगायतको उपस्थिति रहेको थियो ।