प्राइम खबर संबाददाता | बैशाख ३, २०७८ शुक्रबार

प्रतिबन्धित लागु औषध गाँजा सहित रौतहटबाट दुई जना पक्राउ परेका छन ।
लागु औषध गाँजा सहित जिल्लाको कटहरिया नगरपालिका वडा नं १ का १९ वर्षिय महमद नसरुदिन र सोही स्थानका शेख शैदुल पक्राउ परेको प्रहरीले जनाएको छ । गत चैत्र ३१ गते राति ९ बजेको समयमा गस्तीमा खटेको अस्थायी प्रहरी पोष्ट छेदीचौक प्रहरीले टोलीले कटहरिया नगरपालिका १ भसेढवाबाट २ किलो ७५० ग्राम अबैध गाँजा सहित दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका दुवै जनासँग जनही दुई- किलो ७५० ग्राम गाँजा बरामद भएको गरुडा प्रहरीले जनाएको छ ।
रातको  संकास्पद झोला बोकी आइरहेको अवस्थामा प्रहरी टोलीलाई शंका लागि निजहरुको शरीर तथा उनिहरुले बोकेको झोलाहरु चेकजाँच गर्दा शेख शैदुलले बोकेको झेलाबाट २ किलो ७५० ग्राम र महमद नसरुदिनले बोकेको झोलाबाट समेत २ किलो ७५० ग्राम लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख  प्रहरी नायव उपरीक्षक  रवि रावलले जानकारी दिएका छन् ।
पक्राउ परेका  दुवै जनालाई जिल्ला अदालत गौरबाट आज म्याद थप अनुमति लिएर न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको गरुडा प्रहरीले जनाएको छ ।