न्यूज डेस्क | फागुन २६, २०८० शनिबार

गुल्मीको दुई पालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा मुसिकोट नगरकमिटीका अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी एमाले प्रवेश गरेका छन्  ।

शनिवार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सुरू भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनीहरु  एमाले प्रवेश गरेको नेकपा एमालेका केन्द्रीय सदस्य  गणेश खनालले जानकारी दिए ।



एमालेमा प्रवेश गरेसंगै केसीले अब नेकपा एमालेको मुल प्रवाहमा रहि एकीकरण र पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने उद्घोष समेत गरेका थिए । उनीहरूलाई एमाले प्रवेश गराउन नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एबं लुम्बिनी प्रदेशभाका सदस्य तथा पूर्व गुल्मी जिल्ला ईन्चार्ज दिनेश पन्थी र केन्द्रीय सदस्य एबं चन्द्रकोट ,कालीगण्डकी , सत्यवती गाँउपालिका र मुसिकोट नगरपालिका ईन्चार्ज गणेश खनालले सहजिकरण गरेका थिए ।

यसैगरी आगामी दिनमा आफु ईन्चार्ज रहेका गाँउपालिका र नगरपालिकाका अन्य दलहरूलाई समेत एमाले प्रवेश गराउने दृढ संकल्पकासाथ आफु अगाडी बढेको खनालले बताएका छन् .।नवप्रवेशीलाई एमालेका उपाध्यक्ष एबं अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री राम बहादुर थापा बादलले माला लगाएर स्वागत गरेका थिए ।