न्यूज डेस्क | फागुन २९, २०८० मंगलबार

बाराको सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुल तथा +२ विज्ञान र म्यानेजमेन्टको ३२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सोमबार एक कार्यक्रमका बीच बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।


विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको कलैया उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद प्रसाद वर्णवाल लगायतकाले संयुक्त रुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।



विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारले बाल एकता बोर्डिङ स्कुलका प्रिन्सपल स्वर्गीय रुपेश स्वर्णकारका तस्वीरमा फुलमाला अर्पण गरेका थिए ।

मोटिभेसन स्पिकर,कर्पोरेट विशेषज्ञ तथा मनोवैज्ञानिक सल्लाहकार र लाईफ कोच डाक्टर रविन कटवालले मोटिभेशन गरेका थिए । आर्ट अफ गुड पाईरेन्टिङ एवम् असल अभिभावकका गुणहरु,बालबालिकालाई सानै देखि इमान्दार रहन प्रेरित गर्ने,असल साथीको संगत,बौद्धिक,ब्यवहारिक ज्ञान तथा ब्यवहारमा मानवता झल्काउने बारेमा मोटिभेसन कटुवालले दिएका थिए ।

श्री महावीर माध्यमिक विद्यालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कलैया उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख वर्णवालले आर्ट अफ गुड पाईरेन्टिङ मोटिभेशनले अभिभावकहरुलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

उनले समाजको ऐना देखाएको बताए । यसले हाम्रो सोचलाई ठ्याक्कै त्यही रुपमा प्रस्तुत गरेका हुन् ।समाज,अभिभावक,बिद्यार्थी तथा बिधालय कुन टरायकमा हिडिरहेको यहि कुरा मोटिभेसन मार्फत प्रकाश पारेको उनले बताए ।

५० प्रतिशत अभिभावकले यस्ता नियमको पालना गर्यो भने सजिलै असल अभिभावक बन्न सक्ने उनले बताए । विद्यालयमा हाल दुई हजार प्लस बिद्यार्थी अध्ययनरत रहेको प्रमुख अतिथि वर्णवालले बताए । बाल एकता बोर्डिङ स्कुल कलैया उपमहानगरपालिकाको उत्कृष्ट बिधालय रहेको प्रमुख अतिथि वर्णवालले बताए ।

बाल एकता बोर्डिङ स्कुल भौतिक रुपमा पनि सम्पन्न रहेको,शिक्षकहरु पनि योग्य रहेको,कक्षा भित्र सि।सि।टिभी क्यामरा प्रयोग भएको तथा प्रोजेक्टर प्रयोग गरिएको उनले बताए । यसले नंयाँ नयाँ कुराहरु बिद्यार्थीहरु सजिलै ग्रहण गर्न सक्ने उनले विश्वास व्यक्त गरे । त्यस कारणले बाल एकता बोर्डिङ स्कुल व्यवस्थित रुपले अगाडि बढी रहेको उनले बताए ।

अभिभावक दिवसको अवसरमा विधालयले होलि नृत्य लगायत विभिन्न किसिमको साँस्कृतिक प्रस्तुत गरेका थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवम् बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष सोनारले विशेष रुपमा यस कार्यक्रम आर्ट अफ गुड पाइरेन्टिङ का प्रशिक्षक डाक्टर रबिन कटवालका कुराले सबैको मनमा रहेको केही जिज्ञासा्हरुलाई पक्कै भेटेको हुनुपर्छ बताए । धेरै कुरा थियो तर समय कम भएकोले अगामी दिनहरुमा पुर्ण यस्तै कार्यक्रम सहित उपस्थित हुने उनले बताए । बाल एकता बोर्डिङ स्कुल जिल्लाको एक ख्याती प्राप्त बिधालय भएको र थप ब्यवहारिक शिक्षामा आफुहरु लागेको बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष सोनारले बताएका छन ।

उनले आफ्नै बिधालय भवनमा खेलकुद,मैदान,पुस्तकालय, प्रयोगशाला,आफ्नै छात्राबास समेत रहेको बताए । यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा प्रशासनिक सेवामा,डाक्टर,ईन्जिनियर सङ्गै राजनैतिक छेत्रमा समेत पुगेको सोनारले बताए । कलेजमा बिज्ञान र म्यानेजमेन्ट संकाय समेत सञ्चालमा रहेको सोनारले जनाएका छन ।

उक्त कार्यक्रममा विधालय व्यवस्थापन समितिका कार्यकारी उपाध्यक्ष संतोष कुमार सरार्फ,विधालय का प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फ,विधालयका सह–प्रबन्ध निर्देशक संगिता सरार्फ,उच्च माध्यमिक प्लस २ का संयोजक प्रिन्स कुमार सिंह,कलैया उपमहानगरपालिकाका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,नेशनल व्याब्सनका केन्द्रिय सचिव अलि महम्मद,नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहा,शिक्षक संघ बाराका पुर्व अध्यक्ष परमहंस यादव,राष्ट्रिय प्रशिक्षक,नेपाल एस्काउटका भरत प्रसाद साह,नेल्टा बाराका कोषाध्यक्ष नरेन्द्र कुमार निधि सहित अभिभावक एवम शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।