न्यूज डेस्क | चैत ७, २०८० बुधबार

रौतहट चन्द्रपुर नगरपालिका स्थित वडा नम्बर ५ मा सडक निर्माणको कार्य तीब्र गतिमा अघि बढिरहेको पाइएको छ । 

वडा अध्यक्ष निलहरी कोइरालाले वडाको चौतर्फी विकाशमा आफ्नो ध्यान केन्द्रित भएको बताउँदै वडाबाट विनियोजित बजेट अन्तर्गतको कामहरू धमाधम सञ्चालन भइरहेको बताएका छन् ।



सडक, खानेपानी, बिजुलीबत्ती र विद्यालयको पूर्वाधार निर्माणमा अग्रगामी भूमिका निर्वाह गर्दै आएका वडा अध्यक्ष कोइरालाले बुधबार देखि  सीता राईको घरदेखि उत्तरतर्फ पक्की ढलान निर्माणको कार्य तीब्र गतिका साथ बढाएका हुन्। 

वर्षातको समयमा हिलो र धूलोको सास्ती खेप्दै आएका उक्त टोलका स्थानीयलाई सो सडक निर्माण भएपछि आफ्नो दैनिक जीवनयापनमा सहज हुने वडा अध्यक्ष कोइरालाले बताए ।

पूर्वाधार विकासको निर्माण सँगसँगै वडा नम्बर ५ बासीको क्षमता अभिवृती गर्न एबम्  सामाजिक आर्थिक विकासको निम्ति विभिन्न सीपमूलक र आयमुलक कार्यक्रमबाट पनि वडा बासीले लाभ लिनेगरी कार्ययोजना तय गरिएको समेत उनी बताउँछन् ।