न्यूज डेस्क | चैत ११, २०८० आइतबार

गरिमा विकास बैंक लिमिटेड चन्द्रपुर शाखामा नयाँ प्रबन्धकको आगमन भएको छ । आईतबार एक कार्यक्रमको बिच नव नियुक्त शाखा प्रबन्धक सरोज काफ्लेले पदभार सम्हालेका छन्  ।

नयाँ शाखा प्रबन्धकको रुपमा सरोज काफ्लेले जिम्मेवारी प्राप्त गरेका हुन्। यस अघिका शाखा प्रबन्धक पुष्प श्रेष्ठको सरुवा काठमाण्डौ जिल्लाको कुलेश्वर शाखामा सरुवा भएका छन्। श्रेष्ठको सरुवा सँगै उक्त शाखाका ऋण अधिकृत  काफ्लेले उक्त शाखाको जिम्मेवारी पाएका छन् । काफ्ले यस अघि गरिमा विकास बैंक चन्द्रपुर शाखाको ऋण अधिकृतको रुपमा काम गरि निकै राम्रो अनुभव बटुली आएका हुन् ।  एक कार्यक्रमका बिच पुर्व प्रबन्धक श्रेष्ठलाइ शुक्रबार बिदाइ पनि गरिएको थियो । बैंकका स्टाफहरु र त्यहाँ उपस्थित व्यक्तीहरुले टिका , माला लगाइ दोसल्ला ओढाएर बिदाइ समेत गरेका थिए । विदाइ तथा स्वागत कार्यक्रममा चन्द्रपुर बैंकर्स टिमका बैंक प्रबन्धकहरू सहित  दर्जनौं व्यक्तीहरुको उपस्थिती रहेको थियो । 



बैंकको शाखा प्रबन्धकको रूपमा काफ्लेले आईतबारबाट कार्यभार सम्हालेका हुन्। गरिमा विकास बैंक विकास बैंकको शीर्ष स्थानमा रहँदै ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिँदै आएको हुँदा धेरै ग्राहकहरूको मन जित्न समेत सफल रहँदै आएको छ।