न्यूज डेस्क | चैत १५, २०८० बिहिबार

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीति पार्टी संग गठबन्धन नगर्ने बताएकि छन्। काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र  जनताले बुझेको भन्दै प्रतिक्रियाबादीहरुको चलखेल जनताले मुल्यांकन गर्दै छन् उनले भनिन् । यस विषयमा पार्टी र बाहिर पनि चर्चा सुरु भएको उनले सुनाईन । बर्तमान राजनितिका अस्थिरताको जड बर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड भएको समेत उनले जिकिर गरेकी छन् । 

बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको बताएकी छन् । ‘कांग्रेसलाई दुई पटक र एमालेलाई एक पटक माओवादीले धोका दिएकोउनले बताइएन् । जनताको मेण्डेड अनुसारको काम पनि प्रचण्डले हुन दिएका छैनन्, उनले भनिन,‘ अब कांग्रेस र एमालेले मिल्नुपर्ने मत र प्रतिक्रिया आइरहेको छ । सोही अनुसार अब पार्टी मुभ गर्ने सम्भावना पनि बलियो रहेको छ ।’



सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने  र कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताईन । सहकारी ठगीमा गृह मन्त्री रवि लामिछानेमाथि पनि उजुरी परेकोले  राजीनामा गर्नुपर्ने कांग्रेसको माग रहेको उनले बताईन । मधेश जागरणको अभियानलाई लिएर बिभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिदै हिडेकी उनी काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी दिलाउदै हिडेको कार्यक्रममा उनले बताईन् ।  प्रेस युनियन काँग्रेसको सुभेच्छुक संस्था भएको हुदा संस्थालाई चलायमान र गतिशील बनाउन स्थानिय नेतृत्वको भुमिका महत्वपूर्ण हुने बताउदै सबैले सहयोग र साथ दिन आबश्यक रहेको केन्द्रीय  सदस्य संग्रौलाको रहेको छ । 

जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने उनले पत्रकारहरुलाई सुनाएकी छन् । कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । काँग्रेसले अब प्रतिपक्षको भुमिका सशक्त ढंगले निर्बाह गर्दै रचनात्मक कार्यमा समेत लाग्ने उनले बताइएन् । 

पत्रकार भेटघाटमा  संचारकर्मीहरु सहित नेपाली काँग्रेस मधेश प्रदेश सदस्य सूर्य बहादूर थापा, नेपाल थारु संघका केन्द्रीय सदस्य मनोज चौधरी, नेबिसंघ जिल्ला सभापति अधिकार लामिछाने लगायत नेपाली काग्रेसका बिभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।