न्यूज डेस्क | चैत १८, २०८० आइतबार

नेकपा एकीकृत समाजवादीले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् ।उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए ।
आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मुख्यमन्त्री पाउनुपर्ने माग राखिएको एक पदाधिकारीले जानकारी दिए । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री नपाउने संकेत पाएपछि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा नै लिखित सहमति गनुपर्ने माग राखेको ती पदाधिकारीले सुनाए ।