न्यूज डेस्क | चैत २४, २०८० शनिबार

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आसन्न तेश्रो नगर अधिवेशन आगामी चैत्र ३० गते चन्द्रनिगाहपुर हुने भएको छ ।


नगर अधिवेशनका लागि एमालेका पुराना लोकप्रिय नेताको रूपमा परिचित रहेका राम बहादुर घलानले नगर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेकपा एमालेका भद्र एबम् शालीन व्यक्तित्वका रूपमा परिचित रहेका उनी रौतहट जिल्लाको कम्युनिस्ट पार्टीका राजनीतिक धरोहर समेत मानिन्छन् । भुमी आयोग तथा श्रमिक संगठन नेपाल रौतहट जिल्ला अध्यक्ष ,स्थानीय सामुदायिक बन उपभोक्ता महासङ्घ चन्द्रपुरका अध्यक्ष, नेपाल तामाङ घेदुङ मधेस प्रदेश सचिव समेत रहेर काम गरिसकेका उनी नेकपा ९एमाले ०चन्द्रपुर नगरकमिटी उप(सचिब समेत हुन्।



जनवर्गीय संगठनको नेतृत्व हाँकेका उनी विवादरहित पात्रको रूपमा समेत परिचित मानिन्छन् उनी तत्कालिन चन्द्रनिगाहपुर गाउँ विकास समितिको वडा नम्बर २ बाट निर्वाचित वडा अध्यक्ष समेत रहेका थिए। जनप्रतिनिधि भएर समेत पाटीको नेता कार्यकर्ता माझ राम्रो छाप छोड्न सफल उनी चन्द्रपुर नगरको नेतृत्वको लागि सशक्त दावेदारको रुपमा रहेका छन् ।



नगर नेतृत्वको लागि सबैलाई मिलाएर लैजाने क्षमता भएको हुँदा घकनलाई नै सर्वसम्मत निर्वाचित हुने उनी समर्थित एमाले कार्यकर्ताहरु बताउँछन् । सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रियाको लागि नेताहरु दौडधूपमा लागेका छन् । यद्यपि सहमति हुन नसकेको अवस्थामा निर्वाचन प्रणालीमा जाने अवस्था हुँदा आ आफ्नो लबिङमा लाग्ने देखिन्छ।

नेता घलानसँगको संवादमा उनले बताए अनुसार उनी यसपटक चन्द्रपुर नगर कमिटीको नेतृत्वको लागि आफू समेत उम्मेदवार रहेको बताएका हुन । आफ्नो नेतृत्वमा समावेशी कार्यसमिति गठन हुनेमा आफू विश्वस्त रहेको र स्थानीय नेता कार्यकर्ताले आफूलाई विश्वास गरेको आफू निर्वाचित हुनेमा ढुक्क रहेको उनले बताए।