प्राइम खबर संबाददाता | भदौ १९, २०७८ शनिबार
रौतहटको रङ्पुर साझेदारी वनबाट खटिएको गस्ति टोलीले साल प्रजातिको ४ थान गोलियासहित २ थान साइकल बरामद गरेको छ । शनिबार सो वन क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण तथा निगरानीको क्रममा गोलिया बरामद गरेको सोही साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीले बताए । साझेदारी वन क्षेत्रमा रुख कटान गरि ४ थान गोलिया बनाई २ वटा साइकलमा लोड गरि तस्करी गरिरहेको अबस्थामा तस्करहरुले गस्ती टोलीलाई देख्नासाथ फरार भएको चौधरीले बताए । बरामद भएका २ वटा साइकलसहित ४ थान सालका गोलिया आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय रौतहट स्थित कार्यालयमा बुझाइने अध्यक्ष चौधरीले बताएका छन् ।