सरोज अर्याल | साउन ४, २०७८ सोमबार
रौतहट ,नेपाली काग्रेंस रौतहटका नेता एवम् पुर्व सभापति, रौतहट क्षेत्र नम्बर ४(ख)को बिधायक प्रत्यासी रामाग्या राय यादवको शुक्रबार साँझ भतरपुर स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको छ । यादवको मृत्युले नेपाली कांग्रेस रौतहटमा एउटा असल नेतृत्व गुमाउनु हुँदा दुःखित रहेको युवा नेता कल्याण कार्कीले बताए । कार्की भन्छन् “यो दुःखद खबरले हामी मर्माहत भएकाछौं”। जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी निवासी नेता यादव करिब ३ वर्ष देखि ब्लड कैंशरले पिडित रहेका थिए ।