एजेन्सी | बैशाख ८, २०७८ बुधबार
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह गरेको छ । त्यस्तै देशका धेरै स्थानमा आज तुवाँलो लाग्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।