न्यूज डेस्क | बैशाख १७, २०८१ सोमबार

बझाङ-१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी २६६ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन्। निर्वाचित भण्डारीले ११ हजार ६१२ सदर मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ सदर मत पाएका छन्।