न्यूज डेस्क | बैशाख २२, २०८१ शनिबार

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा २०२५ को नतिजा आज शनिबार आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।


वैशाख २२ गते शनिबार राति ९ बजेबाट आफ्नो कनफरमेसन कोड राखेर ईडिभिको आधिकारीक साईटमा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसरी नै र्इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ । 
ईडिभिको आधिकारीक लिंक यहाँ क्लिक गरेर पनि हेर्न सकिन्छ । ( नतिजा हेर्न यहाँ लिंक लेखिएको निलो अक्षरमा क्लिक गर्नुहोला ।)