न्यूज डेस्क | जेठ २६, २०८१ शनिबार

जनता समाजबादी पार्टी नेपालको जेठ २८ देखि ३० गते सम्म जनकपुरमा हुन गइरहेको प्रथम अधिवेशनको तिब्र तयारी भइरहेको छ। जसपा नेपालको अधिवेशनको मिति नजिकदै गएपछि पार्टी भित्र प्रदेश, जिल्ला र नगर स्तरमा व्यापक रुपमा नेताहरू छलफलमा जुटेका छन्।


पार्टी अध्यक्ष उपेन्द्र यादब नेतृत्वको पार्टी विभाजन पश्चात हुन गइरहेको यस अधिवेशनलाई जसपाले एकताको राष्ट्रिय महाधिवेसन भन्दै आएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दै रौतहट जिल्लामा पनि त्यसको तयारी एबम् प्रचार प्रसारमा तिब्रता दिइएको जसपा नेपालका महाधिवेसन प्रतिनिधि आशिष लामाले बताए ।



जिल्लाको चन्द्रनिगाहपुर लगायतका मुख्य चोक चौतारामा नेता लामाको नेतृत्वमा स्वागत गेट, झण्डा, ब्यानर लगायतका प्रचार प्रसारका सामग्रीहरू व्यापक रूपमा राखिएका छन् । पार्टी विभाजन पछि संगठानिक गतिविधि जसपा नेपालले बढाएको पाइन्छ । युवाहरुलाई परिचालन गर्दै पार्टीको महाधिवेशनलाई सभ्य र भव्य रूपमा सफल बनाउन त्यसको तयारी तिब्र रुपमा गरिएको जसपा रौतहटका चर्चित युवा नेता लामा बताउँछन् ।



 पार्टीमा त आन्तरिक किचलो छ नि भन्ने प्रश्नमा उनले भने,‘जीवन्त पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा भईहाल्छ तर हाम्रा पार्टीमा यस्तो कुनै अस्वस्थ्य प्रतिस्पर्धा छैन।’ उनले हाम्रो पार्टीमा अहिले केही स–साना पार्टी एकिकरण भएको र केन्द्रदेखि नै तदर्थ समिति बनेकोले नेता व्यवस्थापनमा  समस्या  नभएको बताएँ।   महाअधिवेशनले पार्टीमा पछिल्लो समय देखिएको समस्याको हल गरेर पार्टी नयाँ उचाइमा पुग्ने समेत उनले बताए।