प्राइम खबर संबाददाता | बैशाख १६, २०७८ बिहिबार
चन्द्रपुर नगरपालिका क्षेत्रमा लाग्दै आएको हाट बजारहरू तत्काल बन्द हुने भएको छ । नयाँ भेरियन्ट को कोरोना भाइरसको संक्रमणको दर रौतहट जिल्लामा उच्च भएको र जिल्लामा अन्य पलिकहरुमा भन्दा चन्द्रपुर संक्रमितहरुको संख्या उच्य रहेको छ । यस कुरालाई मध्यनजर गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको विशेष पहलमा आफ्ना नगरका नागरिकहरु लाई संक्रमणको जोखिममा नपरुन् र सामाजमा फैलन नपाओस् भनेर अर्को सूचना जारी नहुन्जेल सम्मको लागि बिहीबार चन्द्रपुर नगरपालिका द्वारा एक सूचना जारी भएको हो ।
नगरपालिकाका विभिन्न वडाहरुको विभिन्न स्थानहरूमा हाट बजार सञ्चालनमा रहेका छन । सबैभन्दा बढी भिड हुने बजार चन्द्रनिगाहपुर हाट बजार रहेको छ । ग्राहक वर्ग, व्यापारीहरु तथा स्थानीय ठेकेदारहरुलाई लक्षित गरी सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
अटेर गरी सूचनाको अवज्ञा गर्दै बजार सञ्चालनमा ल्याउन खोज्ने व्यापारी नियम उलंघन गर्ने जो कोही लाई सरुवा रोग संक्रमण ऐन २०२० बमोजिम कडा भन्दा कडा कारबाही गरिने नगर प्रमुख चौधरीले बताए ।