प्राइम खबर संबाददाता | बैशाख १७, २०७८ शुक्रबार

रौतहटको गौरमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा सट्टेवाजी र जुवा खेलाउने मास्टर एजेन्ट प्रहरीले पक्राउ गरेको छ । अनलाईन मार्फत आर्थिक कारोबार गरी सट्टेबाजी र जुवा खेलाउर्ने  युनिभर्सल मोवाइल एसेसोरिज पसलका सञ्चालक २६ बर्षिय सुधिर कुमार जयसवाललाई शुक्रबार पक्राउ गरेको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए  ।
   विशेष सुचनाको आधारमा ग्राहकको रुपमा जिल्लाको गौर नगरपालिका वडा नम्वर १ का २६ बर्षिय जयसवाललाई युनिभर्सल मोवाइल  पसल अनलाईन मार्फत सञ्चालन गरेर आइपिएलमा  सटेवाजीको आडमा जुवा सञ्चालन गरिरहदा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अभियुक्तको इ–सेवा  ९८४५७१४२३६ नम्वरको मोवाइलबाट स्टेटमेन्ट चेकजाच गर्दा १४,९४,९३७ र सनराइज बैंकको खाताबाट २,४४,७०३ रकम सहित १७ लाख ३९ हजार ६४० रुपैयाको कारोवार गरिएको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
  आरोपित जयसवाललाई जिल्ला अदालत गौरबाट जुवा खेल्न वा सटेवाजी गरेवापत ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरिक्षक शाहले जानकारी दिएका छन्  । पक्राउ परेका जयसवालले सटेवाजी  गर्ने गरेको कुराको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।