प्राइम खबर संबाददाता | बैशाख २३, २०७८ बिहिबार


    सिरहा  जिल्लाको मिर्चैया नगरपालिका वडा नं १ संचालन हुनलागेको सौर्या सिमेन्ट उद्योगमा जग्गा दिँदाको सर्त पालना गर्नु पर्ने लगाएत विभिन्न ११ बुदे माग सहित स्थानीय नागरिक समाज र मजदुरहरु आन्दोलनमा उत्रेका छन् । उद्योगको लागि आवश्यक पर्ने जग्गा दिँदा नै स्थानीयलाई उनीहरुको योग्यता अनुसार काम दिने सर्त कार्यान्वयन गर्नु पर्ने माग सहित उनीहरु उद्योगलाई बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित स्थानीयहरुले स्थानीयलाई योग्यताका आधारमा रोजगारी, ढुवानीको लागि स्थानीय टिफर, ट्रकको प्रयोग, ऐलानी तथा वनक्षेत्रको जग्गा नाप नक्सा गरी ,उद्योग संचालन गर्दा   गाउँलाई प्रदुषण कर बापत प्रति बोरा एक रुपैयाँ दिनुपर्ने माग सहित स्थानीय नागरिक समाज र मजदुरहरुले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपाल सरकारको श्रम ऐन अनुसार परिश्रमिको व्यवस्था गर, उद्योगको ध्वनी प्रदुषण नियन्त्रण,तेतरिया खोला र बेनावती खोलामा उद्योगबाट निस्कने प्रदुषित पानी मिसाउन बन्द गर, उद्योगको स्थापनाकाल देखि नै कार्यरत स्थानीय कामदारलाई नियमित कामको व्यवस्था गर लागायतका माग उल्लेख गरेका छन् ।