प्राइम खबर संबाददाता | बैशाख २५, २०७८ शनिबार

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तिखोलामा  प्रहरी सहायक निरीक्षक ४७ वर्षीय केशवबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । खत्री उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत थिए ।


आज बिहान गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछी शवको पहिचान भएको हो  । उक्त घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ