प्राइम खबर संबाददाता | बैशाख २७, २०७८ सोमबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपलिकाका एक युवक बाघको आक्रमणमा परेका छन् । वडा नम्बर एक  निवासी अन्दाजी ४० बर्षको हित बहादुर कुश्वार साझ जंगलमा निगुरोको साग टिप्न जादा उनलाई बाघले आक्रमण गरेको हो । कुश्वारको उपचार चन्द्रपुर एक बागमती स्थित नुनथर हस्पिटलमा भइरहेको र हातको कुईनामा बाघको आक्रमणबाट नङग्राले कोतारीएको प्रहरी चौकी पौराई का असई नवीन कपरले जानकारी दिएका छन् । हाल घाईते कुस्वार को अवस्था सामान्य रहेको छ ।  यस अघि रौतहटमा नै  बाघको आक्रमण बाट चन्द्रपुर ६ घरभएका २८ बर्षिय  संगम भण्डारीले ज्यान गुमाएका थिए भने सोही वडाका उनका छिमेकी २ जना  युवक हरुलाई आक्रमण गरी घाईते बनाएको थियो ।