प्राइम खबर संबाददाता | बैशाख २८, २०७८ मंगलबार

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित गैडाटारको चादी खोला नजिकबाट डिभिजन बन कार्यालय, रौतहटको टोलिले ५ थान साइकल सहित सालको २४ क्युबफिट काठ गएराती बरामद गरेको छ । रातको ८ बजेको समयमा काठ तस्करहरुले गैडाटारबाट चादी खोलाको बगर हुदै ५ ओटा साइकलमा चिरान काठ ३२ थान सालको काठ चन्द्र्निगाहपुर तर्फ  ल्याउदै गर्दा काठ तस्करहरु साइकल र काठ छाडी फरार भएको फरेष्टर सहेन्द्र झाले बताए  । बिशेष सुराकीको आधारमा फरेष्टर सहेन्द्र झाको नेतृत्वमा खटिएको गस्ति टोलीले सो परिमाणको काठ बरामद गरेको हो । बरामद साइकल र काठ आवश्यक कारबाहिको लागि डिभिजन बन कार्यालय रौतहटमा राखिएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।