प्राइम खबर संबाददाता | बैशाख ३०, २०७८ बिहिबार

 रौतहट स्थित गौर नगरपालिकाले कोभिड विशेष अस्पताल सन्चालनमा ल्याएको छ । अक्सिजन सहितको सुबिधा रहेको उक्त  अस्पतालमा  २० सैया रहेको जनाईएको छ । बिहिबारबाट उक्त २० सैयाको कोभिड अस्पताल सन्चालनमा आएको हो । नगर प्रमुख अजय गुप्ताको बिशेष पहलमा स्थापना गरिएको सो अस्पतालले औषधि सहित  निशुल्क सेवा दिने बताईएको छ  छ ।  अस्पताल गौरको नर्सिङ्ग इन्स्टिच्युटमा सन्चालन गरिएको गौर नगरपालिकाले जनाएको छ ।