प्राइम खबर संबाददाता | बैशाख ३०, २०७८ बिहिबार
जिल्ला प्रहरी कार्यालय रौतहटले सो कार्यालय तथा मातहतका प्रहरी इकाईहरुबाट चेकिङ्गको क्रममा मास्क नलगाई हिड्नेहरुलाई कारबाही गरेको छ । बिहिबार मात्र प्रहरीद्धारा गरीएको कारबाहिमा एकसय ३५ जना पुरुष र दुईजाना महिला गरी जम्मा एकसय ३७ जनालाई कारवाही गरी जरीवाना गराई १३ हजार सातसय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साथै कारबाहीमा परेका मास्क नलगाई हिडेका मानिसहरुलाई मास्क लगाउन तथा अनाबश्यक हिडडुल नगरी निषेधाज्ञाको पुर्ण पालना गर्न आग्रह समेत गर्दै मास्क समेत बितरण गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।