प्राइम खबर संबाददाता | माघ ११, २०७७ आइतबार

काठमाडौं  प्रदेश  नंबर एकका मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग आइतबार उनले विवाह गरेका हुन् ।
संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी थिइन् । मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन् । उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए। परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ। बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएको देखिन्थे ।