प्राइम खबर संबाददाता | असार २५, २०७८ शुक्रबार
रौतहट स्थित गाैर नगरपालिकामा एउटा शव फेला परेकाे छ । जिल्लाकाे सदरमुकाम गाैर नगरपालिकाकाे पाचँ नम्बर वडा कार्यालयकाे अगाडी शव फेला परेकाे हो । वडा कार्यालयकाे ठिक अगाडीकाे नालामा अन्दाजी ५०/५५ वर्षकाे शव मृत अवस्थामा फेला परेकाे छ । मृतक गाैर नगरपालिका-५ स्थित दाेस्तीय टाेलका निवासी नैमुदिन धुनियाकाे बुवा मुसलिया धुनिया रहेकाे प्रहरीले जनाएकाे छ । स्थानीयहरुकाे अनुसार याे घटना करिब ६/७ बजेकाे बीच भएकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे रौतहट प्रहरीले जनाएकाे छ ।