प्राइम खबर संबाददाता | असार २७, २०७८ आइतबार
चन्द्रपुरमा सवारीको चाप उच्च रुपमा बढेसँगै मुख्य चोक मा सवारीको चाप बढ्दा पार्किङको समस्या उत्पन्न हुनु कुनै नौलो कुरा हैन तर नगरपालिकाले ब्यस्थीत पार्किङ को ब्यवस्था नमिलाउदा पैदल यात्री लाई समेत समस्या उत्पन्न भएको छ । यसै बिच जथाभावी पार्किङले दुर्घटनाको जोखिम बढेको भन्दै चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । लामो समयसम्म कोरोना त्रासका कारण बन्द रहेको ब्यवसाय यति बेला धमाधम खुल्न थाल्दा पसल अगाडी जथाभावी सवारी अब्यवस्थित रुपमा पार्किङ गरि दिनाले पैदल यात्रीहरु हिडडुल गर्न समेत कठिन हुने भएको र दुर्घटनाको जोखिम बढेकाले पार्किङको उचित ब्यबस्थापन गर्न सम्बन्धि निकायहरुलाई चन्द्रपुर नगर उद्योग वाणिज्य संघ ले अपिल गरेको छ ।
चन्द्रपुर क्षेत्र रहेका विभिन्न ब्यापार ब्यावसाय सञ्चालन गर्नका लागी मुख्या राजमार्ग देखि गौर रोड तथा भित्रि बाटोहरुमा अब्यवस्थित पार्किङ रोडको छेउछाउ गरि दिनाले पैदल यात्रुहरुलाई हिड्न समेत कठिनाई भई ब्यापार ब्यावसायीमा समेत प्रत्यक्ष असर पर्नुका साथै दुर्घटनाको जोखिम बढेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ रौतहटले जनाएको छ । अब्यस्थित पार्किङका कारण हुन सक्ने जोखिमलाई न्युनिकरणका लागी ब्यवस्थित पार्किङको ब्यवस्थापनमा सहयोग गरि दिन संघले अनुरोध गरेको छ । संघले चन्द्रपुर नगरपालिका , इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर , इलाका प्रहरी कार्यालय , जिल्ला ट्राफिक कार्यालय , सडक डिभिजन कार्यालय र चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ , ५ , ६ को वडा कार्यालय चन्द्रनिगाहपुरमा एकै पटक पत्रचार गरि चन्द्रपुर क्षेत्रमा ब्यवस्थिा पार्किङको व्यवस्थापनको लागी अपिल गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका उपाध्यक्ष प्रकाश गहतराजले बताए ।