सरोज अर्याल | साउन ३, २०७८ आइतबार

रौतहट :- गत असार २७ गते जिल्लाको गढीमाई नगरपालिका २ समनपुर स्थित प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएको थियो । शिवलिंग  करीब दुई फिट भासिएपछि स्थानीयमा त्रास फैलिएको छ । २७ गते दिउँसो पूजा गर्दागर्दैको अवस्थामा शिवलिङ्ग सतहभन्दा करिब डेढ फिट तल जमिनमा भासिएपछि स्थानीयवासीमा त्रास देखिएको हो । अति प्राचीन मन्दिर भएकोले घटनाको विषयमा सोहि वडाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहितको टोलीले पुरातत्व विभागलाई जानकारी गराएका थिए । साथै धार्मिक क्षेत्र मुख्य गरी शिवको मन्दिर भएको र यस घटनाको विषयमा जानकारी राख्ने धार्मिक–आध्यात्मिक व्यक्तिहरुसँग पनि सम्पर्क गरिरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस्तै रौतहट क्षेत्र नं। ०४ का प्रतिनिधि सभा सदस्य मा। देव प्रसाद तिमल्सिनाले पुरातत्व विभागलाई आवश्यक अनुसन्धान गर्न र नयाँ मन्दिर निर्माण गर्नको लागी आवश्यक बजेट बिनियोजन गर्र्न पत्रचार समेत गरेका छन्  । उक्त मन्दिर प्रचिनकालमै निर्माण गरीएको ऐतिहासीक,पौराणीक,संस्कृतीक धरोहरको रुपमा रहेकाले जिर्ण बन्दै गएको अवस्थामा यसको संरक्षण गर्नु सबैको दायित्व रहेको सांसद तिमल्सिनाको भनाई छ । आफ्नो क्षेत्रमा सो घटना भएको थाहा पाए लगतै साउन १ गते आफु स्वयम पुरातत्व विभागमा पुगी विभागका महानिर्देशक लाई सवै आवश्यक जानकारी गराएका उनले बताए । “पुरातत्व विभागलाई आवश्यक अनुसन्धान गर्न र नयाँ मन्दिर निर्माण गर्नको लागी आवश्यक बजेट बिनियोजन गर्न पत्रचार गरेको छु” सांसद तिमल्सिनाले बताए।