प्राइम खबर संबाददाता | साउन ४, २०७८ सोमबार

आज साउनको पहिलो सोमबार । धार्मिक आस्था राख्नेहरुका लागि विशेष दिन । यस दिन शिव मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ । महिलाले साउन महिनामा हरियो चुरापोते, लगाउने, हातमा मेहन्दी लगाउने गर्दा साथै विवाहित महिलाहरु सोमवारको व्रत वस्दा आफ्नो श्रीमानको आयु वढ्छ भने अविवाहितलाई राम्रो र अशल श्रीमान मिल्छ भन्ने धार्मिक प्रचलन छ ।

यता रौतहटमा बिभिन्न शिवालयहरुमा  आज सोमबार देखि बोलबम कार्यक्रम सुरु भएको छ । रौतहटको बोलबमधाम गुप्तेश्रवरमा साउनमा  पूजाआजा गर्ने र शिवलिंगमा जल चढाउने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । बाट जल लिएर भक्तजनले मन्दिरमा आराधना गर्दै जल चढाउने गर्दछन् ।



सोमबार ब्रत बसी चाँदी तथा बागमती नदिबाट जल लिएर गुप्तेश्रवर मन्दिरमा पूजाआजा गरी शिवलिङ्गमा चढाउने बोबलम कार्यक्रम पछिल्लो वर्ष सँस्कृतिको रुपमा विकास भएको छ । तर कोरोना भाइरस संक्रमण कारण गत वर्ष झै यो वर्ष पनि भक्तजनले भिडभाड नगरि स्वास्थ्य मापदण्डको पालना गर्दै बोलबममा सरिक हुने भएका छन् । साउन महिनामा भगवान् शिवको आराधना गरी शिवलिङ्गमा जल तथा दूध चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बोलबम कार्यक्रम साउनका सबै सोमबार चल्ने छ ।