प्राइम खबर संबाददाता | साउन ५, २०७८ मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री आरजु राणाले सरकारी निवास बालुवाटारमा आज तुलसी रोपकी छिन  ।


मंगलबार परेको हरिशयनी एकादशीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा तुलसी रोपेको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्  ।



राणाले हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिएको समेत बताएकी हुन्  । प्रधानमन्त्री देउवा केही दिन अघि मात्र बालुवाटार निवासमा सरेका थिए ।