प्राइम खबर संबाददाता | साउन ५, २०७८ मंगलबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित घोडी देवी मन्दिर परिसरमा भगवान गणेशको मन्दिरको शिलान्यास गरीएको छ । मंगलबार परेको हरिशयनी एकादशीको दिन शुभ साईत पारेर घोडीदेवी मन्दिर परिसरमा भगवान गणेशको मन्दिर वडा अध्यक्ष पासपत चौधरीले शिलान्यास गरेका हुन् । एेतिहासीक र धार्मीक महत्तव बोकेको घोडीदेवी मन्दिरमा वडाध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम भएको हो । हिन्दु धर्ममा कुनै पनि कार्यको सुरुवात गर्दा गणेश भगवानको पुजा गरेर सुरुवात गर्ने गरीन्छ । घोडीदेवी मन्दिर पुरानो तथा एेतिहासीक भए पनि सो स्थानमा गणेश भगवानको मन्दिरको सानो मुर्ति मात्र रहेको सो मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष बलिराम चौधरीले बताए ।
सबैको साथ र सहयोगले मात्र गणेश मन्दिरको निर्माण कार्य समपन्न गर्न सकिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बलिराम चौधरीले बताउछन् ।
एतिहासीक महत्तव बोकेको घोरीदेवी मन्दिरमा पर्यटकीय संभावना रहेकाले यस को प्रबर्धन स्थानिय सरकार र सबै बुद्धिजिवि मिलेर गर्नु पर्ने सामाजीक अभियन्ता बसन्त आचार्यले बताए ।
यस्तै सो मन्दिर निर्माणको लागी वडाध्यक्ष पासपत चौधरीले नगद एघार हजार सहयोग गरेका छन् । मन्दिर मर्मत संभारको लागी आफुले सकेको सहयोग
गर्ने अध्यक्ष चौधरी बताउछन् । आगामी दिनमा पनि पर्यटन प्रबर्धन र मन्दिर ब्यवस्थापनको लागी पनि गुरुयोजना बनाएर अघि बढ्ने चौधरीले प्रतिबद्धता जनाए । कार्यक्रममा रामशरण गौतम, रुपक परीयार, सोही मन्दिर ब्यवस्थापन समितिका सचिव सुदिपराज गिरी,सदस्यहरु सुरेश मगर,बिनय चौधरी र लक्षमण चौधरी लगायतको उपस्थिति रहेको थियो ।