सन्तोष काफ्ले | साउन ६, २०७८ बुधबार
मुस्लिम धर्मावलम्बीहरुले महान पर्ब इद उल अजहा ( बकरईद ) आज मनाइरहेका छन् । ईस्लाम पत्र पात्रो हिजारी सम्बत अनुसार नयाँ बर्षको जील हिज्जा ’ ११ महिनाको १० औ दिन यो पर्ब मनाईन्छ । नेपाल सरकारले बकरईदको सार्बजनिक बिदा समेत दिएको छ । मुस्लिम समुदायमा यो पर्व धुमधामको साथ मनाउने चलन रहेको छ ।
तर अघिल्लो बर्ष कोरोना महामारीले गर्दा उनीहरुले समूहिक रुपमा नमाज नपढेको कारण दुखी पनि भएको रौतहटका समाजसेवी,युवा नेता शेखवाहीद अलि फुलबाबुले बताए ।
रामजानको ७० औ दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुसी राखी मुस्लिम समुदायले धर्मअनुसार जायज मनिएका जनावरलाई बली दिने प्रचलन रही आएको छ ।
बली दिइएको पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई , दोश्रो भाग आफना इष्टमित्रलाई , तेसो भाग आफै खाने धार्मिक मान्यता रहेको धर्म गुरु अली हसन बताउछन् ।
मुस्लिम धर्मगन्र्थ अनुसार आजभन्दा ४ हजार बर्ष पहिला हजरत ईब्रहिमले सपनामा आफनो परमेश्वरले आफनो सबैभन्दा प्रिय बस्तु मलाई चढाउ भनेर सपना देखेपछि आफनो छोरालाई आफूले छुरी रापेर बलि दिएको देखेपछि, भोलिपल्ट बिपनामा त्यसैगरी छुरी हान्दा आफ्नो छोरालाई केही नभई भेडा मरेपछि सोहि घटनाको सम्झनमा यो पर्व मनाउन थालेको धर्म गुरु हसनले बताए ।
ईद उल अजहाको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण मुस्लिम धर्मालम्वी समुदायलाई धन्यबाद सहित शुभकामना संदेश समेत व्यक्त गरेका छन् ।