प्राइम खबर संबाददाता | साउन ६, २०७८ बुधबार

रौतहट:- बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस चन्द्रपुर द्वारा वृक्षारोपण गरिएको छ । ३९ औँ बिपी स्मृति दिवसको दिन प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका आस्थाका केन्द्र जननायक बिपी कोइराला लाई स्मरण गर्दै चन्द्रपुर नगरपालिका स्थित वडा नंबर ६ मा रहेको बिन्दबासिनी मन्दिर परिसरमा वृक्षारोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर का युवानेता कल्याण कार्कीले बताए ।



 बिपी कोइराला अध्ययन प्रतिष्ठान को आयोजनामा भएको कार्यक्रम  चन्द्रपुर एक स्थित पौराईमा समेत कांग्रेसले वृक्षारोपण कार्यक्रम गरेको छ । कार्की भन्दछन्  “जसरी एउटा बिरुवालाई मलजल गरेर हुर्काउँदै ठूलो रुख बन्छ त्यो रुखले छहारी दिन्छ कांग्रेस पनि त्यै रुख हो जसले छहारी दिने काम गर्दछ “ । 
जब जब मुलुकमा असहज स्थिति पैदा हुन्छ कम्युनिष्टहरू असफल भएर मैदान छाडेर हिनेपछि कांग्रेसले नेतृत्व गरेको हुन्छ संविधान जारी, सविधान कार्यान्वयन तथा तिनै तहको सफल निर्वाचन गराएको कांग्रेसले अब पनि मुलुकमा हुने आम निर्वाचनको पनि सफल गर्ने अभिभारा कांग्रेसको काधमा आएको नेता कार्कीले बताए । 




बुधबार आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव, वडाध्यक्ष सञ्जय काफ्ले , नेपाल कार्की, स्वबियू सभापति संगम श्रेष्ठ, तरुण दलका शम्भु थापा, नवराज देवकोटा, राजु पराजुली ,नेत्र कुस्वर लगायत दर्जनौ कांग्रेस नेतकर्यक्रतहरुको उपस्थिति रहेको शम्भु थापाले बताए ।