प्राइम खबर संबाददाता | साउन ७, २०७८ बिहिबार

दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसाहका फुर्तिराम चौधरीले सम्पत्ती पाउने आसैआसमा दिक्दार पर्नुभएको छ । उहाँ अहिले ३९ बर्षको हुनुभयो । जान्ने बुझ्ने भएपछि आफ्नो सम्पक्ति खोज्न शुरु गर्नुभएका उहाँले आज सम्म आउँदा अड्डा अदालत,प्रहरी प्रशासन धाउन थाल्नु भएको हो । फुर्तिरामले त सम्पत्ती पाउनु भएको छैन अझ उहाँका बुवा भगवती अहिर र बाजे गंगाराम अहिरकै नाममा सम्पत्ती आएन । आफ्ना बुवाको नाममा सम्पक्ती आफ्नो नाममा ल्याउन नपाउँदै बाजे गंगाराम र बुवा भगवती बित्नुभयो । फुर्तिरामका जिजु गुल्जार अहिरबाट बाजेमा सम्पत्ति नआएपछि फुर्तिरामको पुस्ता सम्म आउँदा तीन पुस्ता बितीसक्यो । खासमा फुर्तिरामले जिजु गुल्जारको नाममा भएको १३ बिगाहा सात कठ्ठा सात धुर जग्गा मध्येबाट एक कत्तिपनि जग्गा पाउन सक्नु भएको छैन । फुर्तीराम चार भाइ हुनुहुन्छ एकजना दाई वेपक्ता भएपनि आफुहरु तीन भाईले अंश नै नपाएको गुनासो उहाँको छ । 
उहाँको जेठा बो र कान्छा बाजेका छोरा र नातीहरुले आफहरुलाई सम्पक्ति नदिएको फुर्तिरामको गुनासो छ । फुर्तिराम भन्नुहुन्छ, सोझो जमानामा हामी अधिकारको लागि धेरै भाइभारदारमा रिसराग राखेनौ, नत बुवा बाजेले राख्नुभयो जसको कारण पुर्खौली सम्पक्तिबाट समेत बन्चित हुन पुग्यौ, उहाँले भन्नुभयो । यस विषयमा आफु प्रहरी प्रशासन र अड्डा अदालत सम्म धाएको भएपनि प्रकृया थाहा नहुँदा केही गर्न नसकेको गुनासो फुर्तिराम बताउनुहुन्छ । हामी सोझो मान्छेलाई मुद्धा मामिला गर्न सारै अप्ठेरो हुँदो रहेछ, वकीललाई दिने पैसा नहुँदा काम गर्न सकेको छैन ।  नाता प्रमाणित नहुँदा आफुहरुले सम्पत्ति पाउन नसकेको गुनासो फुर्तिराम सहितका तीन भाइको छ । 
यता राजपुर गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामछोरे यादवले फुर्तिरामको नाता प्रमाणित गर्न आलटाल गर्नुभएको छ । प्रहरी प्रशासनको सामु भाृली नै गर्छु भने भनेपनि अर्कोदिन नाताप्रमाणित नगराइ दुख दिइरहेको फुर्तीरामको भनाइ छ । फुर्तिरामले वडाअध्यक्षकै आलटालका कारण आफुले नाता प्रमाणित गराउन नसकेको र अंशबण्डा नपाएको बताउनुहुन्छ । यता वडाअध्यक्ष  रामछोरे यादवले फुर्तिरामका एकजना भाई बेपक्ता रहेकाले नाता प्रमाणित गर्न समस्या रहेको बताउनुभयो । एकजना भाई वेपक्ता भएका कारण नाता प्रमाणित गर्न समस्या भएको हो, अब म वेपक्ता सहितको नाता प्रमाणित गर्न तयार छु, अध्यक्ष यादवले भन्नुभयो । 
अध्यक्ष यादवका अनुसार फुर्तिरामका बाजेले सम्पत्ति नजोरेको र कान्छा र जेठा बाजेले थप सम्पत्ति जोरेका कारण अंशबन्डा नभएको जानकारी आफुलाई आएको बताउनुभयो । यता यस विषयमा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले जनप्रतिनिधिले नाता प्रमाणित गर्न कन्सुस्याई गर्न नहुने बताउनुहुन्छ । जनप्रतिनिधिले चिनाउन नसके समाजले चिनाउनुपर्छ, अहिलेको बैज्ञानिक युगमा नाता प्रमाणित गर्न गारो छैन डिएनए परीक्षण सम्म जानुभन्दा समाजमै बसेर समाधान गर्नुपर्छ, उहाँले भन्नुभयो । नाता प्रमाणित भएप्छि मात्रै सम्पत्ति र बन्डाको कुरा आउँछ त्यसैले उनि सोही पविारका हुन भने नाता प्रमाणित हुनै पर्ने र नाता प्रमाणित भएपछि सम्पक्ति नपाउने कुरै नहुने मौलिक हक आकर्षीत हुने तर्क खवासले गर्नुभयो ।।