प्राइम खबर संबाददाता | भदौ १७, २०७८ बिहिबार

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल
एक-एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको
३६ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई
अग्रता दिलाएका थिए । तर नेपालले आफ्नो
अग्रता दोस्रो हाफमा गुमायो।
दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई
नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट
बचाऊ गरे ।  रिबाउन्ड प्राप्त मौकालाई अनुरुद
थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई
बराबरीमा फर्काए । ५ हजार भन्दा बढीको हाराहारीमा
दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले
उत्कृष्ट खेल देखाएका थिए । खेल निकै रोमाञ्चक रहेको हुँदा दर्शकहरु निकै प्रफुल्ल देखिएका थिए ।